काठमाडौँ- दोलखाको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्। सत्ता गठबन्धन दलका साझा उम्मेदवार माओवादीका गंगा कार्कीले एमालेका बालकृष्ण सिवाकोटीलाई पराजित गरेका हुन्। कार्कीले ३६ हजार७९९ मत ल्याउँदा सिवाकोटीले ३६ हजार ४८२ मत ल्याए। दुई उम्मेदवारबीचको मतान्तर ३१७ छ।

















