काठमाडौँ। थ्रेस होल्ड कटाउने तर १० प्रतिशतभन्दा कम मत पाउने दललाई भने समावेशी समूहबाट पठाउनुपर्ने संख्या निश्चित गरिएको छैन । तैपनि अधिकतमदेखि न्यूनतम संख्या भने तोकिएको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको ७ सीटमा खस आर्य र आदिवासी जनजातिबाट न्यूनतम २–२ र अधिकतम ३–३ जनाको नाम पठाउनुपर्नेछ । यस्तै थारु, दलित, मधेसी, मुस्लिमबाट अधिकतम १–१ र न्यूनतम एकजना पनि नपठाउन पाइन्छ । त्यस्तै पिछडिएको क्षेत्रबाट नपठाए पनि उसलाई कुनै फरक पर्नेछैन ।
राप्रपाबाट ७ जना (५ जना महिला)
खस आर्य २ जना
पशुपति शम्शेर जबरा
प्रकाशचन्द्र लोहनी
आदिवासी जनजाति २ जना
विना लामा
विनिता मगैया
दलित १ जना
अनिसा नेपाली
मधेशी १ जना
विना जयसवाल
मुस्लिम १ जना
नाजीया खातुन



















