सरकारको नेतृत्व हामीले गर्नसक्ने सम्भावनाबारे पनि छलफलमा छौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी सरकारको नेतृत्वमा आफ्नो पार्टीको पनि दाबी रहने संकेत गरेका छन् ।

बिहीवार संसद् भवनमा सांसद पदको शपथ लिएपछि लामिछानले यस्तो बताएका हुन् । उनले सरकारको नेतृत्व रास्वपाले गर्न सक्ने सम्भावनाबारे पनि छलफल गरिरहेको बताए ।

उनले भने, ‘आमनागरिकले मत दिएर, विश्वास गरेर उहाँहरुलाई जिताइसकेपछि हामीले जनमतको कदर नगर्ने कुरा आउँदैन ।’

आफ्नै पार्टीले सरकारको नेतृत्व गर्ने भित्री चाहना पनि लामिछानेले प्रकट गरे । यद्यपि, जनमतका आधारमा ठूला राजनीतिक दलले नै सरकार चलाउने पहिलो हक राख्ने उनको भनाइ छ । राजनीतकि दलहरु अनिर्णयको बन्दी बन्नु नहुनेमा लामिछानेले जोड दिए ।