कांग्रेस कर्णाली प्रदेश संसदीय दलमा शाही सर्वसम्मत चयन

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् ।

आज (शुक्रबार) उक्त प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्त चयन गरेको हो ।

शाही अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा बहाल छन् ।

गएको प्रदेशसभामा समेत संसदीय दलको नेता रहेका शाही अहिले मुख्यमन्त्री छन् । उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् ।