माधव नेपाललाई भेटेर विष्णु पौडेलले भने : सरकारमा सहभागी हुनुस्

काठमाडौं । एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।

मंगलबार साँझ भएकाे भेटमा पौडेलले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले जनाएको छ ।
त्यसपछि पाैडेल अध्यक्ष केपी शर्मा ओलीलाई बालकाेट पुगेका थिए । बालकोट भेटमा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि थिए ।

मंगलबार नै नेपाललाई वामदेव गौतमले पनि भेटेका थिए । गौतमले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।