काठमाडौँ। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। मंगलबार साँझ उनी ओली निवास बालकोट पुगेका थिए।
छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल पनि थिए। रविका तर्फबाट नेता दिपकराज बोहोरा पनि थिए। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् गठनपछि ओली-रवि भेट भएको हो।
सोमबार उपप्रधानमन्त्री र गृहमन्त्री नपाए गठबन्धन छोडिदिने धम्की दिएपछि प्रचण्डले गृह दिन राजी भएका थिए।


















