सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक ११ बजे

काठमाडौँ- न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज बस्दैछ।

नेकपा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे तय भएको छ ।

आजको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने अर्थमन्त्री पौडेलले बताएका छन् ।
सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिएको छ ।