यस्तो देखियो ललितपुरको हस्तकला प्रदर्शनी (फोटो फिचर)

काठमाडौँ। अङ्ग्रेजी नया वर्ष ल्होसारको अवसर पारी नेपाल घरेलु तथा साना उद्योग महासंघले ‘मेड इन नेपाल तथा हस्तकला प्रदर्शनी’ सम्पन्न गरेको छ।

कला संस्कृतिको जगेर्ना गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले ‘हेन्ड मेड’ बस्तुको मेला तथा प्रदर्शनीको शुभारम्भ गरेको थियो।

साना उद्योग साना व्यवसायीलाई प्रवर्द्धन गर्न आफूले उत्पादन गरेको सामाग्री प्रदर्शन गर्न र साना व्यवसाय दर्ता गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन यो प्रदर्शनी को आयोजना गरेको कुरा घरेलु तथा साना उद्योग महासंघकी महासचिव स्वाती प्रधानले बताइन्।

पौष १५ बाट सुरु भएको प्रदर्शनी १६ र १७ गते अंग्रेज़ी नया वर्षको दिनसम्म गरिएको थियो। नयाँ पर्ष देखिसुरु भए लगत्तै यो वर्ष भरी नै हरेक शुक्रबार र शनिबार विभिन्न स्थानबाट ल्याइएका हस्तकला सामाग्रीको प्रद्शनी हुने पनि उनको भनाइ छ।

ललितपुर महानगरपालिकाको सहयोगमा नगरपालिकाले उपलब्ध गराएको जग्गामा उक्त कार्यक्रम सन्चालन गरिएको छ।अहिले काठमाडौँ, ललितपुर, भक्तपुरका साना व्यवसायीले आफूले हातबाट बनाएको सामग्रीको प्रदर्शन गरी लाभ लिँदै आफ्नो सामाग्री प्रदशनी विक्रीवितरण गर्दै आएका छन्।

विस्तारै उपत्यका बाहिरबाट पनि उक्त प्रदर्शनीमा भाग लिन आउन थालेको र पछिका दिनमा देशैभरीबाट आउने विश्वास प्रधानले राखेकी छन्। अहिले कार्यक्रमलाई पाइलट प्रोग्रामको रुपमा लिएको र पछि निरन्तरता दिने बताइएको छ।

कार्यक्रम राम्रो बन्दै गएको र भ्याली बाहिर हुम्ला जुम्लालगायत देशका विभिन्न ठाउँबाट सहभागिता बढदै गएकाे छ।कार्यक्रममा मेड ईन नेपाल र हात बाट बनाइएकाे सामग्रीहरुले गर्दा यसको महत्व बढेको हो। प्रदर्शनको मुख्य उद्देश्य नेपाली उत्पादनलाई मार्केटिङ गर्नु रहेको बताइएको छ।

कार्यक्रममा जनप्रतिनिधिहरुको चाखलाग्दो उपस्थिति रहेको छ।