पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन् : राजनीतिक उतारचढावप्रति निरपेक्ष रहनु राजसंस्थाको विशेषता हो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक उतारचढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता भएको बताएका छन् ।

पृथ्वी जयन्तीका अवसरमा दिएको शुभकामना सन्देशमा उनले भनेका छन्, “हामी चाहन्छौं– देश आफ्नै बाहुबलमा अघि बढोस्, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस्, सबै यत्न–प्रयत्न गतिविधि आफ्नै शैली ढाँचा तथा प्रक्रियाबाट अघि बढोस् । राष्ट्रियताबिनाको प्रजातन्त्र कागजी सिद्धान्तमात्रै हुन्छ भन्ने पनि हामीले ठानेका छौं । सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुने छैन । विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक तथा आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको छ । त्यसैले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक देखिन्छ ।”

यस्तो छ विज्ञप्ति
324655373_1493798707690271_1954507419936407503_n1673351673.jpg