काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन मन्त्रालय र एक राज्यमन्त्री पाएको छ ।
सोमबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा राप्रपालाई उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको हो ।
स्रोतका अनुसार राप्रपाले ऊर्जा मन्त्रालय, सहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।
राप्रपाले सरकारमा कसलाई पठाउने भन्नेबारे निर्णय गरिसकेको छैन ।


















