सन्दीप लामिछानेको क्रिकेट छाड्ने संकेत,बायोमा लेखे -‘इन्ड अफ स्टोरी हिअर’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको बायोमा ‘इन्ड अफ स्टोरी हिअर’ राखेका हुुन् ।

राष्ट्रिय क्रिकेट खेलाडी राखेको स्थानमा उनले बायो परिवर्तन गरेका हुन् । लामो समय नेपाली क्रिकेटमा योगदान गरेका सन्दीपले अहिले क्रिकेट नै छोड्ने मनसाय बनाएको देखिन्छ ।

बिहीबार मात्र क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाउन कुनै योजना नभएको बताएको थियो । सन्दीप अहिले बालिका बलात्कारको मुद्दा खेपिरहेका छन् ।