सत्तारूढ दल नेकपा माओवादी केन्द्रले आज बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ।
अध्यक्षको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेपछि आजका लागि निर्धारित बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिए।
स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक भोलिका लागि सारिएको गुरूङको भनाइ छ।
बैठकमा पार्टी नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने भनिएको छ।
यस्तै जारी पदाधिकारी बैठक पनि आज नबस्ने भएको छ।

















