काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो १ बजे सुरु हुनेछ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले बैठक पटक–पटक सर्दै आएको छ । बिहीबार विषयमा प्रवेश नै नगरी स्थायी कमिटी बैठक स्थगित भएको थयो । शुक्रबार (हिजो) अन्तिम समयमा स्थगित बैठक आजका लागि बोलाइएको हो ।



















