एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको सुदृढीकरण र विस्तारका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार फागुन र चैतमा चलाइने अभियानको नाम ‘मिसन ग्रास रुट’ राखिएको छ ।

आजको सचिवालय बैठकले अभियानअन्तर्गत पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई सरदरमा तीनवटा पालिकामा खटाउने निर्णय गरेको हो ।

उनीहरुलाई ११ वटा काम तोकिएको छ। सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुव्यवस्ति गर्ने तथा पार्टी र समाजमा विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका विषयमा रायसुझाव लिनेलगायत जिम्मेवारी तोकिएको बताइएको छ।

‘मिसन ग्रासरुट’मा खटिने नेताहरुका लागि फागुन ५ गते सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम हुनेछ।