काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने प्रतिक्रिया दिएका छन् ।
बिहीवार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आएका खनालले सञ्चारकर्मीहरुलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले सरकारमा जानेकुरा नभएको बताए । उनले सरकारलाई आफूहरुले दिएको समर्थन जारी रहने समेत बताए ।
सरकारले राम्रो काम गरुञ्जेल आफूहरुको समर्थन रहने उनको भनाई छ ।


















