उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

सत्ता साझेदार दलहरूद्वारा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (शुक्रबार) बस्दै छ। बिहीबारै दिउँसो ३ बजे बस्ने भनिएको संयन्त्र बैठक स्थगन गरेर आजका लागि सारिएको हो।

बिहीबार भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच मात्र छलफल भएको थियो।

संयन्त्रका संयोजक ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार संयन्त्र बैठक अहिले बिहान ९ बजे बालुवाटारमा बस्नेछ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको, सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेकोजस्ता बदलिएको राजनीतिक परिस्थितिका बीच उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्न लागेको हो।

बैठक राष्ट्रपति निर्वाचनबारे पनि केन्द्रित हुने बताइएको छ।