सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (आइतबार) बस्दै छ।
राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे सत्ता साझेदार दलबीच एउटै धारणा बनाउन संयन्त्रको बैठक बस्न लागेको हो।
बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ। यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो।
जसमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जसपा उपस्थित भएनन्।


















