बारा, ७ वैशाख । १० वैशाखमा हुने उपनिर्वाचनको चुनावी प्रचार गर्ने अन्तिम दिन बिबीबार राजनीतिक दलले शक्ति प्रदर्शन गर्दै छन् । शुक्रबारदेखि सुरु हुने मौन अवधिको अघिल्लो दिन एमाले र सत्ता गठबन्धनले शक्ति प्रदर्शन गर्न लागेको हो ।
बारा क्षेत्र नं. २ मा नेकपा एमाले र गठबन्धन दलले छुट्टाछुट्टै चुनावी सभा गर्दै छ । एमालेको चुनावी सभा पचरौताको बेनौलीमा हुनेछ भने गठबन्धनको सभा महागढीमाईको बरियारपुरमा हुनेछ ।
गठबन्धनको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्नेछन् भने एमालेको चुनावी सभालाई अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेताले सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्रीसहित राजनीतक दलका शिर्षस्थ नेता जाने भएपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । चुनावी सभा हुने निर्वाचन क्षेत्रमा बुधबार साँझदेखि नै प्रहरी परिचालन बढाइएको छ ।


















