बारा–२ मा सर्वदलीय बैठक जारी, केही बेरमा मतगणना सुरु हुदैँ

बारा, ११ बैशाख । हिजो हुन नसकेको बारा–२ को मतगणनाका लागि अहिले सर्वदलीय बैठक सुरु भएको छ ।

हावाहुरी बतासका कारण हिजो बैठक हुन सकेको थिएन । हिजो हुन नसकेको बैठक आज सुरु भएको हो ।

जारी  सर्वदलीय बैठकमा सहमति कायम गरेर एकछिनमा मतगणना सुरु गर्ने तयारी भएको छ ।

मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सर्वदलीय बैठक सकिएलगत्तै मत गणना सुरु हुनेछ ।

बारा–२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी मानिएका छन् ।