टोपबहादुर रायमाझी काठमाडौं अदालतमा

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ दिन पछि पक्राउ परेका टोपबहादुर रायमाझीलाई अदालत लगिएको छ ।

शनिवार साँझ बुढानिलकण्ठस्थित नातेदारको घरवाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालत, काठमाडौं लगिएको हो ।

उनी जिल्ला अदालत भित्र प्रवेश गरिसकेका छन । कति दिनको म्याद थपेर अदालतवाट बाहिरिने हुन ? त्यो भने एकछिनमा खुल्ने जनाईएको छ ।