चित्रबहादुर केसीको प्रश्न  :- प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारत नै किन ?<

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएपछि भारत नै पहिला जानुपर्ने त्यस्तो कुनै बाध्यता नरहेको प्रष्ट पारेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद चित्रबहादुर केसीले नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुनुपर्ने कारण के हो ? भन्दै राखेको जिज्ञासामा उनले त्यस्तो कुनै बाध्यता नरहेको बताएका हु्न ।

प्रधानमन्त्री दाहालले पहिलो भ्रमण भारतमै गर्नुपर्ने बाध्यता नरहेको प्रष्ट पारे ।

उनले भने ‘भारत भ्रमण गर्नुपर्ने नेपालमा त्यस्तो कुनै बाध्यता छैन। त्यसको जवाफ मैले पहिलो प्रधानमन्त्रीकालमा दिइसकेको छु, व्यवहारबाट नै भारत भ्रमण गर्ने प्रचलन भए पनि त्यस्तो कुनै राजनीतिक बाध्यता छैन।’