चौतर्फी घेराबन्धीमा परेको छु, सहयोग गर्नुहोस : मन्त्री किराँती

काठमाडौं, जेठ १९ । पर्यटन मन्त्री सुदन किराँतीले आफु चौतर्फी घेराबन्धीमा परेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पुस्तक लोकापर्ण कार्यक्रममा उनले भने ‘तीन वटा जहाज किन्ने भनेको संसार भरिको आँखा जलेर अहिले म घेराबन्धीमा छु बनझाँक्रीको घेरा बन्धीमा । मान्छेको घेराबन्धीमा भएको भए छुटिन्थ्ये होला नी । बनझाँक्री त शक्तिशाली हुन्छ भन्छन् । मलाई लाग्छ म ईमान्दार कोसिस गर्छु । म संग ब्रम्हस्त्र त छैन तर तपाईहरुसंग छ । मलाई सहयोग गर्नुहोस । म उर्तिन चाहान्छु यो समुन्द्र तर्न चाहान्छु ।’ मन्त्री सुदन किराँतीले भने ।

उनले देशलाई माथि उठाउन आफूले सक्दो प्रयास जारी राख्ने भन्दै सबैलाई साथ दिन सबैलाई आग्रह समेत गरेका छन् ।