काठमाडौं, जेठ २४ । सुदूरपश्चिम प्रदेश सरकारले आज (बुधवार) नीति तथा कार्याक्रम ल्याउने भएको छ । प्रदेश प्रमुख देवराज जोशीले आर्थिक वर्ष ०८०–८१ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नेछन् ।
कार्यक्रमका लागि आज दिउँसो ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । त्यसलगतै नीति तथा कार्यक्रमको सन्दर्भमा प्रदेश सांसदबीच छलफल हुनेछ । सोही आधारमा प्रदेश सरकारले बजेट बिनियोजन गर्नेछ ।
प्रदेश सरकारको बजेट जेठको अन्तिम साताभित्रमा आउने छ ।


















