२ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, जेठ २४ । नेपाली बजारमा कारोवारको चौथो दिन बुधवार सुनको मूल्यमा बढेको छ ।

सुनचाँदी व्यवासायी महासंघका अनुसार सुनको मूल्यमा २ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ कामय भएको छ भने तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोवार भईरहेको छ ।

यस्तै चाँदी भने १ हजार ४ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।