काठमाडौं, जेठ २६ । नेकपा एमालेको सांसद रघुजी पन्तले भारतले आफ्नो नक्सा नहटाएसम्म नेपालले पनि ग्रेटर नेपालको नक्सा संसदमा राख्नुपर्ने बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा उनले भारतले नेपाली भूमि समेटिएको नक्सा उसको सदनमा राख्दा नेपालले गावी नदि, टिष्टा, कागडालाई सामेल गरेको नक्सा संसदमा राख्दा के हुन्छ , उनले भने ।
‘यदि भारतले त्यसलाई सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर आफ्नो संसदमा राखि राख्न पाउँछ भने हामीले हाम्रो सिमाना गावी नदि, टिष्टा, कागडालाई पनि सामेल गरेको नक्सालाई हाम्रो संसदमा भारतले आफ्नो त्यो नक्सा नहटाएसम्म हामीले हाम्रो संसदमा राख्दा के हुन्छ ।’
उनले भारतीय विदेश मन्त्री र भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनमा नक्साको विषयमा मित्र देश नेपालको चित्त बुझि सकेको टिप्पणी गरेको भन्दै नेपालले चित्त बुझाएकै हो भनेर सरकारलाई प्रश्न समेत गरे ।

















