काठमाडौं, जेठ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध दायर रिटमाथि आज सुनुवाई हुने भएको छ ।
सशस्त्र द्वन्द्वको समयमा बाल सेना दुरुपयोग गरेको, शिविरबाट निकालेर युद्ध अपराध गरेको लगायतका आरोप लगाउँदै प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ न्यायाधीश सपना मल्ल प्रधानको इजलासमा हुने भएको छ ।
प्रधानमन्त्री दाहाल र भट्टराईको विरुद्ध परेको रिट सपना मल्ल प्रधानको इजालमा परेसंगै उक्त टिमाथिको सुनुवाई सपनाले गर्ने भएकी छन् ।
पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमा प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराईलाई विपक्षी बनाएर कारबाहीको माग सहित रिट दर्ता भएको थियो । उनीहरुले माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र अहिले बेवास्ता गरेको भन्दै दुबै जनालाई कारबाहीको माग गरेका छन् ।
सशस्त्र युद्धताकाका बालसेना विष्ट पछि अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका थिए । यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै दरपीठ गरिदिएको थिया े।


















