काठमाडौं, जेठ ३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता स्वार्थको लागि कुनै पनि सम्झौता नगरि दृढताको साथ भ्रष्टाचार विरुद्ध लागेर अन्तिम समयसम्म संघर्ष गर्ने बताएका छन् ।
बुधवार माओवादी नेता धनीराम पौडेलको चौथो स्मृति दिवसमा उनले भ्रष्टाचारीको विरुद्धमा सुरुआत बाटै विभिन्न चुनौतिको समना गर्दै आएकोले कुनै सम्झौता नगरि अन्तिम सम्म लडाई लड्ने बताए ।
उनले भने,‘थुप्रै जटिलटाको बीचमा हामी दृढतको साथ अगाडी बढेका छौ । म डिआर पौडेलको स्मृति दिवसमा के भन्न चाहान्छु भने,हामी कुनै सम्झौता गर्ने छैनौ । हामी अन्तिम समयसम्म संघर्ष गरिराख्ने छौ ।’
उनले लामो समय संघर्ष गरेर ल्याएको परिवर्तन र उपलब्धि प्रति दक्षिणपन्थी कोणबाट प्रहार भैरहेको भन्दै परिवर्तनको रक्षा गर्नुपर्ने मुख्य जिम्मेवारी आफ्नो काँधमा रहेको बताए ।
‘तपाईहामीले देख्या छौ,केही वर्ष देखि यो संघीय लोकतान्त्रीक गणतन्त्र, समावेशी समानुपातिक प्रणालीमाथि प्रहार भैरहेको छ,दक्षिणपन्थि,प्रतिक्रान्तिकारी कोणबाटै भैरहेको छ । त्यसको रक्षार्थ हामीले प्रतिबाद गर्न विभिन्न खाले सहकार्य गठबन्धन बनाउँदै आयौं । यो परिवर्तनको रक्षा मात्रै हैन् सुदृढ गर्ने र जनतालाई महशुस हुने गरी परिवर्तनको निम्ति संघर्ष गर्ने शक्ती नै जनता र राष्ट्रको पक्षमा इमान्दार र परिणाम दिन सक्ने हुन्छन् भनेर हामीले सावित गर्नुर्ने छ ।’ दाहालले भने ।
त्यस्तै, उनले सुशासन, सामाजिक न्याय र विकासको लागि दृढतापूर्वक काम गरिरहेको दावी गर्दै जनता र राज्यको लागि इमान्दार परिणाममुखी शक्ति सावित गर्नुपर्ने आवश्यकता रहेको समेत औंल्याए ।


















