काठमाडौं, जेठ ३२ । नेपाली बजारमा आज कारोबारको पाचौं दिन बिहिबार सुनको मूल्य घटेको छ ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने बिहिबार ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।


















