काठमाडौं, असार २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, विभिन्न राजनीतिक दलबीच समाजवादी मोर्चा बनाउने तयारी चलिरहेको समाचार प्रति व्यङ्ग्य गरेका छन् ।
पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले एमालेसंग तर्सिएर गठबन्धन गरिएको र अब गठबन्धनले समेत नपुगेर समाजवादी मोर्चा बनाउन लागिएको तर्क गरे ।
उनले भने, ‘गठबन्धनले नपुगेर समाजवादी मोर्चा नै बनाउँने रे अब किन भन्दा एमालेसँग मुकाबिला गर्न । एउटा उद्देश्य र अर्को कांग्रेसलाई तर्साउने । यो बनाएर हुन्छ के ? सँगै छन् चिनेकै मान्छे हुन्, लिभिङ टुगेदर त चलिरहेकै छ त ?’
उनले एमालेलाई राष्ट्रिय शक्ति निर्माण गरेर अरु सबै मिले पनि मुकाविला गर्न नसक्ने बनाउन कार्यकर्तालाई निर्देशन दिए ।


















