अनलाइन क्षेत्रलाई पारदर्शी बनाउन कानून निर्माण आवश्यक : सञ्चार मन्त्री शर्मा

काठमाडौं, असार ५ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाईन क्षेत्र सम्बन्धि कानूनको निमार्ण नहुनु यस क्षेत्रको सबैभन्दा ठूलो चुनौती भएको बताएकी छिन् ।

अनलाईन टेलिभिजनको अवसर र चुनौती विषयक अन्तर संवादमा मन्त्री शर्माले अनलाईन क्षेत्रलाई पारदर्शी बनाउन सकियो भने फाइदा हुने विषयमा सरकार सचेत रहेको बताइ्न् । उनले यो विषयमा आफु गम्भीरतापूर्वक लाग्ने प्रतिवद्धता पनि जनाइन् ।

उनले भनिन्, यो क्षेत्रमा आवश्यक कानून अझै बन्न सकेको छैन्, यसलाई समेट्न पर्ने कानून भनेको आम सञ्चार ऐन सम्बन्धी कानून र सूचना प्रविधि ऐन हो । यो दुईवटै कानून हाम्रो तयारीमा छ ।

मिडिया क्षेत्रको लागि अनलाईन धेरै महत्वपूर्ण छ । यो क्षेत्रको सबैभन्दा ठूलो चुनौती भनेको नै यस सम्बन्धि कानून नहुनु हो । यस क्षेत्रको समस्याहरुलाई गम्भीर रुपमा सरकारले हेर्ने छ र त्यसको समाधानको लागि काम गर्ने छौ । ’

मन्त्री शर्माले सामाजिक सञ्जालका जीवनको लागि अति आवश्यक विषय भएको हुनाले यसको प्रयोगका विषयमा सचेतनामूलक कार्यक्रमहरु चलाउन पनि आवश्यक रहेको बताईन् ।
आजको छलफलबाट आएको निष्कर्षले कानून निमार्णको लागि महत्वपूर्ण आधारमा हुने पनि उनको भनाइ थियो ।