तरुण दलको तदर्थ समितिमा थप भए चार सय सदस्य

काठमाडौं,असार १४ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा थप चार सय सदस्य थपिएका छन् ।

नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति सातै प्रदेशमा गरेर चार सय सदस्यहरु थप गरेका छन् ।

यसअघि उनले महिला संघको तदर्थ समितिमा पनि सदस्य थपेका थिए ।