काठमाडौं,असार १६ । सभामुख देवराज घिमिरेले प्रभावकारी बन्नु पर्ने संसदले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् ।
६५ औं संसद दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा सभामुख घिमिरेले संविधान अनुसार अहिलेको संसदले संविधान पनि संशोधन गर्नुपर्छ भने गर्न सक्नु पर्ने बताए । उनले संसदलाई प्रभावकारी बनाउनु पर्ने विषयमा कुनै बहस नहोला तर यसतर्फ कुनै सोंच विकसित नभएको बताए ।
उनले भने ‘ संसद प्रभावकारी हुनुपर्छ यसमा कुनै बहस छैन् तर कति हुनसक्छ भन्ने मापन छन्, जे भए पनि जनअपेक्षा अनुरुप काम भने हुन सकेको छैन र यसलाई प्रभावकारी बनाउन राजनीतिक पार्टीको भूमिका प्रभावकारी हुन्छ , पार्टीहरु मार्फत नै जनताले विश्वासको मत लिएको हुन्छ र त्यो विश्वासको प्रतिनिधि संविधानका केही पक्षहरु नै खोटपूर्ण छ । त्यसैले वर्तमान संसदले त्यो खोट हटाउन संविधान नै संशोधन गर्न सक्नुपर्छ । ’
संघीय संसद सर्वोपरि संस्था भएको उल्लेख गर्दै सभामुख घिमिरेले जनताको स्थानलाई मर्यादित र प्रभावकारी बनाउन कानूनहरु पनि बनाउँदै जानु पर्ने बताए ।
उनले भने ‘ जनताको स्थानलाई मर्यादित्त र प्रभावकारी बनाउन सकियोस्, आवश्यक पर्दा संविधान पनि बनाउने गरि स्थान राख्छ भने अन्य कानूनहरुू बनाउन सकोस् र जनताको प्रतिनिधिले बनाएको कानून राष्ट्र र जनताको हितमा प्रयोग हुन सकोस, समाजवादी समाज विकास हुन सकोस, त्यो कुराको इतिहासलाई निरन्तरता दिन इतिहासका काला पक्षहरुलाई फ्याँकेर उज्यालो पक्ष ल्याउने कोशिसमा हामी अगाडि बढ्न सकौं ।


















