सुशासनको पहिलो संसद नै पत्रकारिता हो : उप–सभामुख राना

काठमाडौं, असार १६ । उप–सभामुख इन्दिरा राना मगरले सुशासनको पहिलो संसदको रुपमा पत्रकारिता रहेको बताएकी छिन् ।

शनिबार संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उप–सभामुख राना मगरले आम जनताको चासोलाई पत्रकार मार्फत सदनमा ल्याउन र सदनको गतिविधिलाई जनतासम्म पु¥याउन पत्रकारिताले सहयोग गरेको बताइन् ।

‘पत्रकारहरु देशको चौंथो अंगमात्र होइन यो समाजको ऐना हो । सुशासनको पहिलो संसद नै पत्रकारिता हो ।’ मगरले भनिन् ।

उनले पत्रकारले जिम्मेवार, पारदर्शी हुनुपर्ने र उनीहरुलाई पनि शत्रुको जस्तो व्यवहार गर्न नहुने धारणा राखिन् ।

उनले भनिन्,‘संसदमा बोल्दा सांसदहरुले पनि समाचारहरु हेरेर त्यसको आधारमा कति धेरै रिसर्च गरेर बोलेको पाउँछु, हामी कति माथि छौं, पत्रकारिताले कति सहयोग भैरहेको छ,हामीले उहाँहरुलाई शत्रुको जस्तो व्यवहार गर्नुभएन् । पत्रकारहरुले पनि राम्रो सूचना जनतालाई दिनुपर्छ ,जवाफदेही र पारदर्शी हुनुपर्छ ।’

त्यस्तै, उप–सभामुख मगरले निष्पक्ष र तटस्थ पत्रकारिता गर्न चाहनेको लागि अवसर नभएको,महिला पत्रकारलाई अझ गाह्रो रहेको उल्लेख गर्दै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताईन् ।