काठमाडौं,असार २२ । संघीय संसद अन्तरगत आज राष्ट्रिय सभाको बैठक १२ ः २९ बजे बस्ने भएको छ ।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले “विद्युतीय व्यापार विधेयक, २०८०“ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विनियोजन विधेयक, २०८० का विभिन्न शिर्षकहरूमध्ये गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शिर्षकहरुमाथिको छलफल हुने सचिवालयले जनाएको छ ।


















