काठमाडौं,असार २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, एमाले पशुपतिको जलहरी प्रकरणमा संसदमा आवाज उठाउने माओवादी सांसदलाई लक्षित गरेर तितो पोखेका छन्
मंगलबार पार्टी कार्यालय च्यासलको कार्यक्रममा उनले रोष्टममा उभिएर झुट बोलेको भन्दै मानसिकता नै अपराधि भएको आरोप लगाए ।
उनले भने ‘एमालेलाई बदनाम गर्नु अलग कुरा हो तर कुनै पनि भ्रष्टचारमा एमाले फसेको छैन र फस्दैन ढुक्क भए हुन्छ । सुन हैन पित्तल चढाएर भ्रष्टचार ग¥यो भन्ने । सदनमा एउटा सांसदले बोलेको कुरा हो यो । पार्लियामेन्टको रोष्टममा उभिएर यतिसम्म झुट बोल्न सरम लाग्दैन् ? लाज छैन त्यही मान्छेले १५ दिन नबित्दै नाम टाँस्नको लागि चढाको रैछ भन्न ?
टेका लिएर सरकार बनाउने खेलमा आफूहरु नरहेको र आफूहरु अब मिसन २०८४ मा लागेको उनको उद्घोष छ ।


















