काठमाडौं, असार २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेसद्वारा जारी शोक विज्ञप्तिमा सभापति शेरबहादुर देउवाको माओवादी प्रधानमन्त्री दाहालकी धर्मपत्नी एवं माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार ६९ बर्षीया सीता दाहालको निधनले आफु स्तब्ध भएको बताएका छन् ।
विज्ञप्तिमा सभापति देउवाले दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन् — “नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसंगिनी, पार्टीकी नेतृ तथा केन्द्रीय सल्लाहकार सीता दाहालको निधनको खबरले स्तब्ध भएको छु । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना साथ प्रचण्डजी लगायत शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”


















