काठमाडौं, असार २८ । भुमि व्यवस्थापन सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दमोदर रेग्मीले, सरकार सुकुम्बासी पहिचानमा भएको कमी कमजोरी सुधारेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।
विहीबार सिंहदरवारमा आयोजित भुमि व्यवस्थापन सम्बन्धि वर्तमान समस्या तथा समाधान लगायतका विविध विषयबारेको छलफलमा उनले राज्य वास्तविक सुकुम्बासीको पक्षमा उभिनु पर्ने भन्दै त्यसको लागि आवश्यका प्रयास भइरहेको बताए ।
उनले भने ‘राज्य वास्तविक सुकुम्बासीको पक्षमा उभिनु पर्छ त्यो एकदम राम्रो कुरा हो । त्यसमा भएको हाम्रो कमी कमजोरी हामी सुर्धार्छौ । सुकुम्बासीको पहिचानको लागि जग्गा विवरणको मापदण्ड छ हामीसंग । आज उठेको गरिबी, भुमी र सुकुम्बासीको कुराहरुकोे सबै डकुमेन्ट तयार छ । ’
सहकारी व्यवस्थापनको लागि गठन गरेको समितीले राम्रो काम गरिरहेको र आएको सुझावहरुलाई नीतिगत रुपमा अगाडी बढ्ने उनको भनाई छ ।
उनले जग्गा संरक्षण सबैको काम हो भन्दै मालपोत र मन्त्रालयले मात्र गर्न नसक्ने बताए ।


















