काठमाडौं, साउन १ । परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको छ ।
थाइल्यान्डको राजधानी बैंककमा भएको बिम्स्टेक राष्ट्रका परराष्ट्र मन्त्रीको रिट्रिटका क्रममा दुई देशका परराष्ट्रमन्त्रीबीच साइडलाइन वार्ता भएको भारतीय विदेश मन्त्री जयशंकरले ट्विटरमा जानकारी दिएका हुन् ।
ट्वीटरमा उनले लेखेका छन्, ‘नेपालका परराष्ट्र मन्त्रीसँगको छलफल राम्रो भयो। हाम्रो नेतृत्वले तयार पारेका सहकार्यका एजेन्डालाई कार्यान्वयन गर्न मिलेर काम गर्न सहमत भयौं ।’
यसअघि गत वैशाखमा साउद र जयशंकरबीच बंगलादेशको राजधानी ढाका भेट भएको थियो ।


















