सुनको मूल्य तोलामा १ लाख १३ हजार ६ सय रुपैयाँ कायम

काठमाडौं, साउन ४ । आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावापाला सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा करोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले वृद्धि भएर १ लाख १३ हजार ५० रुपैयाँमा कारोवार भईरहेको छ ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।