एमालेको संसदीय दलको बैठक सुरु

काठमाडौं, साउन १० । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।

बुधबार त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउन संसदीय दलको बैठक बोलाएको हो ।
बैठकले प्रतिनिधि सभाको बैठक सुरु हुनु अघि पार्टीको रणनीति तय गर्ने बताइएको छ ।

साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरामद गरेको थियो ।