काठमाडौं,असोज,२७ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सेनामा राजनीतिक चलखेल भएमा त्यसले दुर्घटना निम्त्याउने चेतावनी दिएका छन् । उनले सेनामा त्यस्तो गलत कार्य गर्न नहुने भन्दै त्यस किसिमको प्रयाशको आलोचना गरेका छन् ।
नेता कोइरालाले आज बिहान सामाजिक सञ्जालमा एक्समा सेनामा माओवादीको पूर्वलडाकुका निम्ति नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन् ।
नेपाली सेना राष्ट्रिय सुरक्षासँग जोडिएको संस्था भएकाले यसलाई सधैँ राजनीतिबाट अलग राख्नुपर्ने कोइरालाको धारणा छ ।
कोइरालाले लेखेका छन, “नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन, सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौँ । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस् ।”


















