नेपालले चौथो अभ्यास खेलमा क्यानडा एचपीलाई २ विकेटले हरायो

काठमाडौं, असाेज २३ । नेपाल आफ्नो चौथो अभ्यास खेलमा दुई विकेटले विजयी भएको छ ।

क्यानडा हाई–पर्फर्मेन्स टीमले दिएको १९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

क्यानडामा भएको खेलमा नेपाललाई जीतसम्म डोहोर्‍याउने क्रममा ओपनर अनिलकुमार साहले सर्वाधिक ५९ रनको योगदान गरे ।

आरिफ शेखले ३४ र कुल मल्लले ३० रनको अविजित पारी खेल्दा अर्जुन साउद २३ र देव खनाल ११ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको क्यानडा एचपीले मिहिर पटेलको ७२ रनको मद्दतले १९४ रनको योगफल तयार पारेको थियो ।