प्रधानमन्त्री ओली ४ दिने भ्रमणका लागि चीन प्रस्थान

काठमाडौैँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् ।

उनीसहितको प्रतिनिधिमण्डल अहिले बिहान ११ बजे चीनको बेइजिङ उडेका हुन् ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज मंसिर १७ देखि २० गतेसम्मका लाग चीनको भ्रमणमा गएका हुन् ।

साथमा उनी पत्नी राधिका शाक्य पनि रहेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको थियो ।

प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाज लिएर चीनको औपचारिक भ्रमणमा गएका हुन् ।