काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाज कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ ।
कर्णालीले दिएको १५० रनको लक्ष्य ३ बल बाँकी छ्दा भेट्टायो ।
काठमाडौंका कप्तान करण केसीले १० बलमा २८ रन प्रहार गरे। सुमित महर्जन ४० रनमा अविजित रहे ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । कर्णालीका शिखर धवनले ५१ बलमा अविजित ७२ रन बनाए ।

















