लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई दुई विकेटले हराउँदै विराटनगर किङ्सले जित निकालेको हो ।

विराटनगरले लगातार दुई हारपछि पहिलो जित निकाल्दा लुम्बिनी पहिलो खेलमै पराजित भयो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीले दिएको १९२ रनको लक्ष्य बिराटनगरले एक बल बाँकी छँदा पूरा गरेको हो । ओपनर लोकेश बमले अर्धशतक प्रहार गरे । अर्का ‌ओपनर इस्मत अलाम भने शून्यमै आउट भएका थिए ।

नवौं विकेटका रुपमा सोल क्रिजमा आउँदा बिराटनगरलाई ४ बलमा १३ चाहिएको थियो । उनले विवेक यादवलाई एक छक्का र दुई चौका हान्दै लुम्बिनीलाई स्तब्ध बनाए ।

बलिङमा लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिँदा सिमन्स र साद बिनले २–२ विकेट लिए ।