गुठी युवा कल्वकाे चाैथाे तिजमेला भाद्र ९ र १० गते बागलुङ्गमा गायिका समीक्षा अधिकारी अाउने
केपि कुमार जलन/ बागलुङ
गुठि युवा कल्बकाे अायाेजना तथा वडा नं काे वडा कार्यालय, गुठि अामा समूह र चिप्लेटी महिला समुहकाे सह अायाेजनामा चाैथाे तिजमेला अागमी भाद्र ९ र १० गते बागलुङ नगरपालिका ३ स्थित चिप्लेटी बसपार्कमा सञ्चालन हुदैछ ।
हरेक बर्षा महिलाहरूकाे महानपर्व हरितालीका तिजकाे अवसर पारेर गुठी युवा कल्वले निरन्तर मेलाकाे अायाेजना गर्दे अाएकाे छ ।
यसै क्षेत्रकाे ठुलाे मेलाकाे रूपमा लिईने तिजिमेला लाई भब्यताका साथ सम्मन्न गर्न कल्वले तयारी थालीसकेकाे छ ।
२ दिन सम्म संचालन हुने मेलामा मेलामा अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता, घैटोफोर, स्लो बाइक रेश प्रतियोगिता र महिला समुहद्वारा मौलिक तीज गीत प्रदर्शन हुने बताईएकाे छ।
कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारी, गायक रवि कार्की, पुष्कर विवेक थापा, गायिकाहरू सरिता सुनार, रितु बाेहाेरा, सुनिमा गुरूङ लगायतका कलाकारहरूले सांगितिक प्रस्तुती दिईने कल्वका सचिव सुवास रूचालले जानकारी दिनु भयाे ।

















