sandarbhatoday

२२ माघ २०८२, बिहीवार (Feb 05, 2026)

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ वाणिज्य
  • शिक्षा स्वास्थ्य
  • विज्ञान प्रविधि
  • कृषि पर्यटन
  • समाज
  • विविध
  • मौसम
  • अन्तर्राष्ट्रिय

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

Sandarbha Today सन्दर्भ टुडे

२०८२ माघ २२ बिहीवार २१:२६

7 

shares
image

काठमाडौंँ, २२ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप देशभरि नै लगाउने भएको छ । स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आगामी फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने बताउनुभयो ।

सरकारले गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरीलाई सोही अभियानअन्तर्गत खोप लगाइने उहाँले बताउनुभयो । छात्रा र किशोरीलाई खोप आ–आफ्नो विद्यालय र स्वास्थ्य संस्थामा लगाइने र खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको प्रमुख डा गौतमले बताउनुभयो । “प्रादेशिक कार्यालयबाट जिल्ला कार्यालयमा खोप पु¥याइसकिएको छ”, प्रमुख डा गौतमले भन्नुभयो । सरकारले गतवर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई उक्त खोप लगाएको थियो ।

शाखा प्रमुख डा गौतमले खोप अभियानअन्तर्गत करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने बताउनुभयो । खोप यसपटक एचपिभि खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’को सहयोग प्राप्त भएको बताउनुभयो ।

Post navigation

<< पछिल्लाे समाचार

नेपालको लोकतान्त्रिक निर्णयप्रति चीनको निरन्तर सम्मान , नेपालको विकास र स्थिरतामा चीनको सहकार्यपूर्ण भूमिका –किरण बि.क

अघिल्लाे समाचार >>

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप...

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै...

प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण

प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

ताजा

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको...

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको...

नेपालको लोकतान्त्रिक निर्णयप्रति चीनको निरन्तर सम्मान , नेपालको विकास र स्थिरतामा चीनको सहकार्यपूर्ण भूमिका –किरण बि.क

नेपालको लोकतान्त्रिक निर्णयप्रति चीनको निरन्तर सम्मान...

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की

निर्वाचन आयो, अब जनताले छाप लाउन...

प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण

प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

लाेकप्रिय

जनसमुदायमा म सुसिल ओखेडाको तर्फबाट एउटा विशेष अपिल

जनसमुदायमा म सुसिल ओखेडाको तर्फबाट एउटा...

रास्वपाको समानुपातिक सूचीमा बझाङका गोविन्द लूहार

रास्वपाको समानुपातिक सूचीमा बझाङका गोविन्द लूहार

सामाजिक न्यायका लागि दलित महाअभियानका राष्ट्रिय प्रवक्ता राजेश मयाल (अग्निसिखा)ले गरे स्वतन्त्र उम्मेदवार घोषणा

सामाजिक न्यायका लागि दलित महाअभियानका राष्ट्रिय...

नरेश खातिकाे “कान्छी” सार्वजानीक

नरेश खातिकाे “कान्छी” सार्वजानीक

नेपालद्वारा जिम्बाब्वे पराजित

नेपालद्वारा जिम्बाब्वे पराजित

जिम्बाब्वेविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

जिम्बाब्वेविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

Facebook Page

sandarbhatoday
sandarbhatoday

साइट नेभिगेसन

  • समाचार
  • राजनीति
  • अर्थ–वाणिज्य
  • कृषि पर्यटन
  • खेलकुद
  • रोचक

हाम्राे टिम

सल्लाहकार
सल्लाहकार
सल्लाहकार
सल्लाहकार
कानुनी सल्लाहकार
प्रबन्ध निर्देशक
सम्पादक

सम्पर्क

टिमवर्क मिडिया एण्ड एड्भर्टाईजिङ्ग एजेन्सी प्रा. लि.
मिनभवन, काठमाडौं
9861874149
sandarbhatoday@gmail.com

Copyright © 2026 All Rights Reserved. | www.sandarbhatoday.com