बिरामी लिन गएको हेलिकप्टर दुर्घटना

खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ ।

बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो । खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गरिन् ।

दुर्घटनामा कसैको पनि हताहती नभएको उनको भनाइ छ । केपिलासगढी गाँउपालिका-२ का वडाअध्यक्ष मिलन राईले दुर्घटनामा एकजना घाइते भएको बताए ।