काठमाडौँ, ५ चैतः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिनुभएको छ ।
उहाँले बुधबार पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ । गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उहाँ सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।
यसैबीच, कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका निम्ति आह्वान गरेको छ । –––

















