भक्तपुर निवास बाटै पुर्व प्रधानमन्त्री ओलि पक्राउ

काठमाडौ -भक्तपुरको गुन्डुस्थित निवासबाटै ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ। गत २३ र २४ भदौको जेन-जी आन्दोलनमा दोषी रहेको भन्दै प्रहरीले ओलीलाई पक्राउ गरेको हो।

त्यसअघि शनिबार बिहानै पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पनि प्रहरीले उनको निवासबाटै पक्राउ गरेको छ।

सूर्यविनायक नगरपालिका ५‚ कटुन्जेस्थित भाडाको घरमा बस्दै आएका लेखकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी काठमाडौँ पुर्‍याएको छ।